Showing posts with label Dhankuta. Show all posts
Showing posts with label Dhankuta. Show all posts

Monday, December 27, 2010

Campaign to heal festering war wounds

Added At:  2010-12-26 11:36 PM

HIMALAYAN NEWS SERVICE

DHANKUTA: The District Peace Committee today launched a 16-day peace campaign across 35 VDCs and Dhankuta to collect details of the victims of the decade-long conflict.

“The campaign is meant to promote peace and harmony in the district,” Manoharnarayan Shrestha, the peace committee coordinator, said.

Shrestha said the committee will hold interactions with intellectuals, teachers and leaders of political parties, besides organising various programmes to heal the victims’ wounds. As part of the campaign, the committee held an interaction at Chanuwa today. The participants at the interaction discussed ways to collect the victims’ details. The committee comprises Rajendra Rai, Bijayasantoshi Rai, Bidur Subedi and Dorna Guragain, among others.

http://thehimalayantimes.com/fullNews.php?headline=Campaign+to+heal+festering+war+wounds+&NewsID=270615

Tuesday, November 16, 2010

अझै थामिएको छैन सहिद परिवारको आँसु



    रमेशचन्द्र अधिकारी
    छिन्ताङ -धनकुटा)-, कार्तिक ३० -  तीन दशकअघिको घटना सम्झदा सहिद पत्नी ९३ वषर्या  देउकन्या राईको  अझै आँसु थामिँदैन । आफ्ना पति लाखमानको तत्कालीन शासकले गोली हानी हत्या गरेको घटना सम्भ“दा मात्र नभएर वषौर्सम्म मुलुक अन्योलमा रहनु र आफ्नो दुःखदायी पारिवारिक अवस्थाबाट मुक्त हुन नसक्दा पनि उनको मन नथामिएको हो ।
    वामपन्थी विचार राख्दै तत्कालीन शासकको विरोध गरेको आरोपमा पञ्चायती शासकले पतिको हत्या गरिएपछि आधा दर्जन बालबच्चासँगै दुःखदायी समय गुजारेको स्मरण गर्ने उनी पछिल्ला राजनीतिक परिवर्तनपछि दुःखका दिन सकिएको महसुस अझै नभएको बताउँछिन् ।
    २०४६ सालको राजनैतिक परिवर्तनमा कयौं ठूला सपना संगालेर सहिद गाउँभर खुसियाली मनाएको उनले बताइन् । यसैगरी २०६३ सालको परिवर्तनपछि पनि मुलुकको भाग्य कोरिने आशामा उत्तिकै खुसी र उत्साह जागेको उनले बताइन् । तर देशमा अझै विकास हुन नसकेको खबर सुन्ने गरेको बताउने उनी अहिले
    स्थिति अत्यन्त दुःखदायी भएको बताउँछिन् ।
    देउकन्या मात्र होइन, नेपालकै इतिहासमा चर्चित खोकू-छिन्ताङ्ग हत्याकाण्डका अधिकांश सहिद परिवारको नियति उस्तै छ । राज्यले सहिदको सम्मान गर्न नसकेको तथा मुलुक राजनैतिक अस्थिरतातर्फ धकेलिएको भन्दै त्यसप्रति आफूहरूको चिन्ता थपिएको ती परिवारजन बताउँछन् ।
    सहिद रनध्वज राईकी पत्नी ७० वषर्ीया सुखमायाको पनि उस्तै दुःखेसो छ । युवा अवस्थामै पतिको हत्या गरिएपछि भोग्नुपरेको कहालीलाग्दो क्षण सम्भ“mदै उनले भनिन्, 'अहिले सम्भ“mदा त खै व्यर्थ मारिएछन् जस्तो पो लाग्छ ।' सहिद परिवार भएका कारण राजनैतिक गतिविधि र समाचारमा चासो राख्ने उनी दिनरात कुर्सीको किचलो र झगडा सुनेर दिक्दार लाग्ने बताउँछिन् ।
    २०३६ साल कात्तिक २३ देखि २९ सम्ममा खोकू, छिन्ताङ र आँखिसल्ला गाविसका १५ निर्दोष कृषकलाई तत्कालीन शासकले हत्या गरेको थियो । उक्त घटनाको स्मृतिमा प्रत्येक वर्ष सप्ताहव्यापी सहिद दिवस मनाइने गरिन्छ । यसबाट मात्र सहिद परिवार भने खुसी र सन्तुष्ट छैनन् ।
    राज्यले प्रदान गरेको सामान्य सहयोगबाट आफ्नो परिवारलाई आंशिक राहत मिले पनि मुलुकको मुहार अझै नफेरिएको उनीहरूको गुनासो छ । अझैसम्म राष्ट्रिय सहिदको सम्मान दिन नसकेकामा सहिद परिवार चिन्तित मात्र नभएर उपेक्षा गरिएको भन्दै आक्रोशसमेत पोख्दै आएका छन् ।
    मुलुकमा त्यसताका निकै खारिएका भूमिगत राजनीतिमा संलग्न सहिद गोपाल आनन्द राईकी पत्नी थममाया पनि देशमा परिवर्तन भनिए पनि जनताले राहतभन्दा अशान्तिको महसुस गरेको भन्दै चिन्ता व्यक्त गर्छिन् । 'खै त कसलाई मात्र हो यो परिवर्तन ?', उनले भनिन्, 'यस्तै हो भने मुलुकमा लागि बलिदानी किन गर्ने ?'
    सहिद आङ्गीमामा राईका छोरा झलकमानले पनि पीडा पोख्दै भने, 'आफ्नी आमाले देशका लागि बगाएको रगत व्यर्थ खेर गएको छ, आमाजस्तै अन्य सपुतको राज्यले कुनै मूल्यांकन नगरी व्यक्तिवादी चरित्र हावी भए छ ।'  सहिद गोपाल आनन्द राईका छोरा योगेन्द्रले देश नयाँ स्वरूपमा बदल्न नेताले आनाकानी गरेको भन्दै यसको पछाडि रहस्य रहेको बताए । उक्त अवसरमा सहिद पुत्रमान राईका छोरा बलराम, दाजु देवनध्वज लगायत सहिद परिवारको
    उपस्थिति थियो ।

    प्रकाशित मिति: २०६७ कार्तिक ३० ०८:४१