Showing posts with label Rookmangad Katuwal. Show all posts
Showing posts with label Rookmangad Katuwal. Show all posts

Sunday, December 5, 2010

Guilty of People’s Movement-II to be honoured


  • SC quashes writ against honours to rights violaters

KATHMANDU, DEC 05 -
The Supreme Court (SC) on Sunday scrapped the writ filed against the government decision to honour those found guilty of the People’s Movement-2006.
A joint bench of justices Bal Ram KC and Mohan Prasad Sitaula quashed the writ, citing the complaint doesn’t fall under the jurisdiction of the court.
A few months back, two advocates— Gopal Krishna Siwakoti and Shree Krishna Subdei—on behalf of INHURED International had filed the writ, seeking apex intervention in the government’s controversial decision to decorate those accused of human rights violations with medals.
Earlier this year on the Republic Day, President Dr. Ram Baran Yadav, as per the Cabinet decision, had conferred honours to various individuals including former Chief of Army Staff General Rookmangud Katawal.
The petitioners had argued that the state honour made public on the Republic Day include members implicated in systematic abuse of human rights and serious breach of international law during the decade-long internal armed conflict and subsequent people's movement.
Posted on: 2010-12-05 06:13

जनआन्दोलनका दोषी विभुषित हुने भए

    घनश्याम खड्का
    काठमाडौ, मंसिर १९ - सरकारले जनआन्दोलनका दोषिहरुलाई  विभुषितविरुद्ध परेको रिट सर्वोच्चले अदालतले आइतबार खारेज  गरेको छ ।
    केही महिनाअघि इन्हुरेटका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदीले जनआन्दोलन २०६२-६३ का दोषिलाई पदकबाट विभुषित गर्नु नहुने भन्दै रिट दायर गरेका थिए । आइतबार न्याधीशद्वय बलराम केसी र  मोहनप्रसाद सिटौलाको संयुक्त इजलासले 'कुन व्यक्तिलाई विभुषित गर्नु पर्छ / कुनलाई गर्नु  हुँदैन' भन्ने अदालतको व्याख्याभित्र नपर्ने भन्दै रिट खारेज गरेको ।
    केही महिना अघि जनआन्दोलनका दोषि तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कट्वाल लगायतकालाई राष्ट्रपति रामबरण यादवले विभुषण गरेका थिए । विभूषण घोषणापछि यो विषयले चर्चा पाएको  थियो ।




    प्रकाशित मिति: २०६७ मंसिर १९ ०४:३७

    Tuesday, November 30, 2010

    सेनामा लोकतान्त्रीकरणको औचित्य छैन : कटवाल

    smaller text tool iconmedium text tool iconlarger text tool icon
    कलिलालाई क्यान्टोनमेन्टमा बन्धक बनाइयो-
    उपेन्द्र लामिछाने, वीरगन्ज, मङ्सिर १३- पूर्व सेनापति रुक्माङ्गत कटुवालले  सुरक्षा निकायमा गरिने भनिएको 'लोकतान्त्रीकरण' प्रष्ट नभएको बताएका छन्। उनले सरकारको आदेश मानिरहेको सुरक्षा निकायलाई  पुन: लोकतान्त्रीकरण तथा प्रजातन्त्रीकरण गर्नुको औचित्य नभएको बताए। 

    राष्ट्रवादी संयुक्त मोर्चाको नारायणी अञ्चलस्तरीय भेलाको वीरगन्जमा सोमबार उद्‍घाटन गर्दै कटुवालले भने-  'लोकतान्त्रीकरण भनेको के ? युनियन खोल्ने भनेको ?, या दलहरुको समर्थनमा जिन्दावाद–मुर्दावाद बोल्न लगाउन खोजेको ?', उनले थप प्रश्‍न गरे- हैन भने  सरकारको आदेश मानिरहेका सुरक्षा निकायलाई किन बारम्बार प्रजातन्त्रीकरण र लोकतन्त्रीकरणका कुरा  गर्नुपर्‍यो ?' उनले यो विषय निकै गम्भीर भएको पनि बताए।

    राजवादीको बाहुल्यता रहेको उक्त भेलाको प्रमुख अतिथि बनेका कटवालले सञ्चालकले प्रधान सेनापति भन्दै सम्वोधन गरेपछि त्यसो नभन्न आग्रह गरेका थिए। 'अवकास प्राप्त हो, अवकास प्राप्त ', सञ्चालकको सम्वोधनलाई सच्याउँदै उनले भने- अवकास प्राप्त प्रधान सेनापति भन्नुहोस्।'  कार्यक्रमको बीचमा अन्य कतिपयले समेत उनलाई  पुन: त्यही सम्वोधन दोहोर्‍याएपछि उनले बोल्ने क्रममा  सुरुमै आफू भूतपूर्व सेनापति भएको  प्रष्टीकरण दिएका थिए।

    'म अवकास प्राप्त महारथी हुँ, बोल्ने क्रमको सुरुवातमै उनले भने- म यहाँ कुनै वाद समर्थन गर्न र कसैलाई गाली गर्न आएको हैन। उनले सुरुमा यसो भने पनि घुमाउरो पाराले राष्ट्रवादको नाममा राजसंस्थाप्रति नरम र दलप्रति कठोर बन्न पुगे। उनले वर्तमान दलहरुले देशलाई सही निकास दिन नसकेको बताउँदै मुलुकले नयाँ नेता खोजेको पनि बताए।

    'यो देशलाई कानुन पालना गराउन सक्ने इमान्दार सपुतको खाँचो छ ', उनले चर्को स्वरमा भने- त्यस्ता हिम्मत भएका नेपाल आमाका  छोरा या छोरी हुनुहुन्छ ?  उनले अहिले नेपालमा त्यस्तो व्यक्तित्वको आवश्यकता भइसकेको सुनाए। 'अब ढिला गर्‍यो भने मुलुक नै नरहने स्थिति हुनसक्छ ', विज्ञापनको शैलीमा उनले भने- रगत, पसिना र आसु दिन सक्ने सपुतको खाँचो छ।'  त्यो सपुतले मुलुकका सबै वादलाई समेटेर सिङ्गो नेपालको निर्माण गर्ने उनले सुनाए।

    कटुवालले कुन संस्थालाई कहाँ राख्‍ने भन्ने निधो जनताले गर्ने बताउँदै त्यसका लागि निर्धक्क ढङ्गमा चुनावको वातावरण बन्नुपर्ने सुनाए।  उनले दलबीच सम्झौता हुने तर त्यसको पालना नहुनेप्रति व्यङ्ग्यसमेत हाने। '१२ बुँदे सहमति पूरा भएन, अब नयाँ गर्ने रे', उनले भने- २४ बुँदे, २८ बुँदे या ७२ बुँदे गरे पनि सहमति पूरा नभए चाला यही हुनेछ।'

    उनले शान्ति सम्झौता पूरा भएको ४ वर्ष बितिसक्दा पनि माओवादी लडाकु अझै क्यान्टोमेनमा रहनु दुर्भाग्यपूर्ण भएको बताए। 'दुई–चार जनाका लहडमा सयौं लडाकु बन्धक जस्तै अवस्थामा क्याम्पभित्र बस्न बाध्य छन्',  सहानुभूतिको शैलीमा उनले भने- उमेरै नपुगी लडाकु बनेका ती कलिला किशोर-किशोरीलाई त्यहाँबाट मुक्त गरिनुपर्छ।' यसो गरे उनीहरु आफूले रोजेको पेशामा गएर नयाँ जीवन जिउने उनले सुनाए। 'कोही  कतार जालान्, कोही गाउँ फर्केलान्, कोही नेपाली सेनामा आउलान् ', उनले भने- तर अहिले उनीहरु बन्धकजस्तै अवस्थामा छन्।'

    कार्यक्रम सुरु हुनुभन्दा पहिला वीरगन्ज र आसपासका क्षेत्रका राजावादी र राष्ट्रवादीले जुलुससहित टाउन हल पुगेको थियो।  हत्या, हिंसा बन्द गर, राजसंस्था कायम गर जस्ता नारा लगाउँदै उनीहरुले बजार परिक्रमासमेत गरेका थिए। कार्यक्रमको मुख्य अतिथि बन्न कटुवाल आइतबार वीरगन्ज आएका हुन्। उनले मङ्गलबार वीरगन्जमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।