Showing posts with label living costs support from Maoist parliamentarians. Show all posts
Showing posts with label living costs support from Maoist parliamentarians. Show all posts

Thursday, December 2, 2010

द्वन्द्वपीडित बालबालिकालाई विद्यालय



    दुर्गालाल केसी
    मानपुर -दाङ)- , मंसिर १६ - सशस्त्र द्वन्द्वका क्रममा आफन्त गुमाएका मध्यपश्चिमका बालबालिकाको शिक्षा र संरक्षणका लागि मानपुर ७ वनकट्टीमा आवासीय विद्यालय स्थापना गरिएको छ ।
    हालसम्म जनकल्याण उच्चमावि दुधराशमा पढ्दै आएका बालबालिकालाई भवन निर्माण गरी छुट्टै विद्यालयमा सारिएको हो । क्ष्ाेत्रीय शिक्षा निर्देशनालयबाट सहिद स्मृति आवासीय विद्यालयका नाममा स्वीकृति लिएर कक्षा १ देखि ६ सम्म पठनपाठन गरिएको प्रधानाध्यापक वसन्तराज अधिकारीले बताए ।
    बालबालिकाको सम्पूर्ण हेरचाहका साथै नियमित पठनपाठनका लागि आवासीय आठ शिक्षक र तीन कर्मचारी व्यवस्था गरिएको छ । द्वन्द्वमा अभिभावकको मृत्यु, बेपत्ता, घाइते, अपांग भएका बालबालिका पढिरहेका छन् ।
    यहाँ ६ कक्षासम्म १ सय ७५ र ७ देखि १० सम्म ७१ विद्यार्थी छन् । '६ कक्षासम्मकालाई छुट्टै विद्यालयमा राखिएको छ, जहाँ अन्य बालबालिका पढ्न पाउँदैनन्,' उनले भने, '७ देखि १० कक्ष्ाा पढ्नेलाई दुधराशमा छात्रावास बनाएर राखेका छौं । उनीहरू जनकल्याण माविमा पढिरहेका छन् ।' प्रतिष्ठानले माओवादी सभासद्का साथै अन्य सरकारी तथा गैरसरकारी निकायबाट सहयोग संकलन गरी विद्यालय खर्च व्यवस्था गरेको अधिकारीले बताए ।
    सरकारले प्रतिविद्यार्थी मासिक १ हजार ५ सयका दरले सहयोग गर्दै आएपनि खानबस्न, मनोरञ्जन र खेलकुदका लागि उक्त रकम पर्याप्त नभएको विद्यालयले जनाएको छ । 'जाडो समय छ, पर्याप्त कपडा किन्न सकिएको छैन,' उनले भने, 'आर्थिक समस्या छ । शिक्षक, कर्मचारीलाई तलब खुवाउनुपर्‍यो । द्वन्द्वपीडित बालबालिकालाई संरक्षण गर्न सबैले चासो दिएमा सजिलो हुने थियो ।'
    प्रकाशित मिति: २०६७ मंसिर १६ ०८:४५