Showing posts with label pluralism. Show all posts
Showing posts with label pluralism. Show all posts

Tuesday, December 7, 2010

नयाँ संविधानमा 'जनयुद्ध' शब्द उल्लेख गर्ने सहमति



कान्तिपुर संवाददाता




काठमाडौ, मंसिर २१ - नयाँ संविधानमा दलहरु जनयुद्ध शब्द उल्लेख गर्न सहमत भएका छन् । माओवादीले आफ्नो अडान नछाडे पछि मस्यौदा निर्माणका क्रममा संवैधानिक समितिमा अस्वीकृत जनयुद्ध शब्द भावी संविधानमा व्याख्यात्मक टिप्पणीका रुपमा उल्लेख हुने भएको हो । यद्दपी जनयुद्ध अगाडी उल्लेख हुने शब्दबारे भने सहमति  हुन सकेको छैन ।
माओवादीले ऐतिहासिक  जनयुद्ध उल्लेख हुनुपर्ने दाबी गरे पनि कांग्रेस र एमालेले माओवादीको जनयुद्ध शब्द राख्नुपर्नेमा जोड दिएका छन् । मस्यौदा निर्माणका क्रममा संवैधानिक समितिमा भएको मतदानमा जनयुद्ध शब्द बहुमतले अस्वीकृत गर्दै शसस्त्र द्वन्द्ध पारित भएको थियो ।
सिंहदरबारमा मंगलबार बसेको उच्चस्तरीय कार्यदलको बैठकले प्रस्तावनामा रहेको मुख्य विवादमा सहमति जुटाए पनि अन्य विवाद माथि भने दलहरुले आफ्नो अडान कायमै राखेका छन् । आज (मंगलबार)बसेको बैठकमा आत्म निर्णयको अधिकार, बहुलवाद लगायत प्रस्तावनाका अधिकांस विवादित बुँदामा छलफल भएको थियो । माओवादीले स्वयत्तता सहितको आत्म निर्णयको अधिकारमा जोड दिएको छ भने  अन्य दलले त्यसको व्याख्या मात्र संविधानमा राख्नु पर्नेमा जोड दिएका छन् । यस्तै बहुलबाद शब्द राख्न माओवादीले ठाडै अस्वीकार गरेको छ । कांग्रेस र एमालेले भावी संविधानमा बहुलवाद नराखिने भए सम्पूर्ण वादहरूको औचित्य नभएको भन्दै दवाव दिएपनि माओवादीले असहमति जनाएको हो ।



प्रकाशित मिति: २०६७ मंसिर २१ १२:५०

http://www.ekantipur.com/np/2067/8/21/full-news/321620/