जाजरकोट, मंसिर १७ -
द्वन्द्वका बेला माओवादी कार्यकर्ताले खुट्टा भाँचिदिएका झाप्रा ८ स्थित नल्फुका तेजनाथ योगी अहिले अपांग जीवन बिताइरहेका छन् । पढ्नकै लागि उनी सदरमुकाम खलंगामा डेरा लिएर बसेका छन् । योगीको गाउँ सदरमुकामबाट दुई दल टाढा छ ।
बाबुलाई श्रमकैदमा राखेको विरोध गर्दा ६ वर्षअघि माओवादी कार्यकर्ता तप्तबहादुर शाहीले उनको खुट्टा भाँचिदिएका हुन् । त्यति बेला उनी ११ वर्षकामात्र थिए । उपचार नहुूदा दायाँ खुट्टा काट्नुपरेको उनले सुनाए । उनी बैसाखीको सहारामा दैनिक विद्यालय आउजाउ गर्छन् । खलंगास्थित त्रिभुवन उच्च माविमा कक्षा ९ मा पढ्दै गरेका योगीले भने, 'माओवादीको सशस्त्र द्वन्द्वले मलाई अपांग बनायो ।'
उनका बाबु शेरबहादुर नाथलाई माओवादीले श्रमजेल राखेर दुःख दिएको उनले विरोध गर्दा यातना दिने क्रममा दाहिने खुट्टा भाँचिएको हो ।
बुवा माओवादी श्रमजेलमा भएका कारण योगीको तत्काल उपचार गरिदिने कोही भएन । उनीहरूलाई गाउँ छाड्ने अनुमतिसमेत थिएन । स्थानीय वैद्यले काप्रो लगाए पनि ठीक नभएको उनले बताए । 'खुट्टा झन्झन् पाकेर थला परें । त्यसको २ वर्षपछि बुवाले अपांग बाल अस्पताल बनेपामा पुर्याउनुभयो,' उनले भने, 'तर क्यान्सर भइसकेको रहेछ । अन्ततः खुट्टा काटेर फ्याल्नपर्यो । तीन महिना अस्पताल बस्दा ५५ हजार ऋण लाग्यो ।' आर्थिक अवस्था कमजोर रहेका उनलाई सदरमुकाममा बसेर पढ्न मुस्किल छ । उनी आफंै खाना पकाउने, कोठा सफा गर्ने र भाँडा माज्ने गर्छन् । अहिले उनले ओमशिव भक्ति वृद्धाश्रम खलंगामा आश्रम लिएका छन् । तेजनाथ १५ मिनेट हिँडेर विद्यालय जाने गर्दछन् । विद्यालयका उनी एक्ला अपांग हुन् ।
'सरकारले द्वन्द्वपीडित मलाई अहिलेसम्म कुनै सहयोग गरेको छैन,' उनले गुनासो गरे । विद्यालयका हरेक क्षेत्रमा सपांगसँग प्रतिस्पर्धा गर्नुपर्छ । कक्षाकोठाको बसाइदेखि पढाइको छुट्टै व्यवस्था छैन ।
प्रकाशित मिति: २०६७ मंसिर १८ ०९:२०

Demand for basic rights cost teenager his limb
JAJARKOT, DEC 05 -
The decade-long armed insurgency is a thing of the past for many. But, the conflict frequently haunts this 16-year-old boy who is now living a life of disability.
Tejnath Yogi, then 11, was beaten up by UCPN (Maoist) activists on the charge of defaming the party. They brutally thrashed him, leaving him with a fractured right leg. He could not get timely treatment and the leg had to be cut off after two years.
The one-time rebels took action against the boy when he protested against the Maoists for driving his father, Sher Bahadur Nath, into their ‘labour camp’. The Maoist activists led by Tapta Bahadur Shahi broke his leg in the name of ‘people’s action”. The Maoists also ordered him not to leave the village even for medical treatment.
“My father was in the Maoists’ detention then. Nobody dared take me to hospital mainly due to the Maoists’ threat. A local baidya (healer) plastered my fractured leg, but it did not work,” Yogi narrated his ordeal.
He said that his father had taken him to a Banepa-based orthopedic hospital two years after the incident. “The doctors suggested cutting off the leg suspecting cancer,” the boy tearfully told the Post. The teenage amputee of Jhapra-8, has shifted to Khalanga to continue his studies. “I came here for my studies as I could not attend the school which was a two-hour walk from my house in the village,” said the ninth grader at Khalanga-based Tribhuwan Higher Secondary School.
He is taking refuge at Om Shiva-Shakti Elderly Home in Khalanga. “I am a single disabled student at the school. It is difficult to compete with the other students here,” said he, adding that the government has neither provided him relief not arrested the Maoist activists who maimed him. Yogi said that he asked the District Administration Office for relief but to no avail.
Posted on: 2010-12-05 08:53
No comments:
Post a Comment