काठमाडौ, मंसिर २१ - नयाँ संविधानमा दलहरु जनयुद्ध शब्द उल्लेख गर्न सहमत भएका छन् । माओवादीले आफ्नो अडान नछाडे पछि मस्यौदा निर्माणका क्रममा संवैधानिक समितिमा अस्वीकृत जनयुद्ध शब्द भावी संविधानमा व्याख्यात्मक टिप्पणीका रुपमा उल्लेख हुने भएको हो । यद्दपी जनयुद्ध अगाडी उल्लेख हुने शब्दबारे भने सहमति हुन सकेको छैन ।
माओवादीले ऐतिहासिक जनयुद्ध उल्लेख हुनुपर्ने दाबी गरे पनि कांग्रेस र एमालेले माओवादीको जनयुद्ध शब्द राख्नुपर्नेमा जोड दिएका छन् । मस्यौदा निर्माणका क्रममा संवैधानिक समितिमा भएको मतदानमा जनयुद्ध शब्द बहुमतले अस्वीकृत गर्दै शसस्त्र द्वन्द्ध पारित भएको थियो ।

सिंहदरबारमा मंगलबार बसेको उच्चस्तरीय कार्यदलको बैठकले प्रस्तावनामा रहेको मुख्य विवादमा सहमति जुटाए पनि अन्य विवाद माथि भने दलहरुले आफ्नो अडान कायमै राखेका छन् । आज (मंगलबार)बसेको बैठकमा आत्म निर्णयको अधिकार, बहुलवाद लगायत प्रस्तावनाका अधिकांस विवादित बुँदामा छलफल भएको थियो । माओवादीले स्वयत्तता सहितको आत्म निर्णयको अधिकारमा जोड दिएको छ भने अन्य दलले त्यसको व्याख्या मात्र संविधानमा राख्नु पर्नेमा जोड दिएका छन् । यस्तै बहुलबाद शब्द राख्न माओवादीले ठाडै अस्वीकार गरेको छ । कांग्रेस र एमालेले भावी संविधानमा बहुलवाद नराखिने भए सम्पूर्ण वादहरूको औचित्य नभएको भन्दै दवाव दिएपनि माओवादीले असहमति जनाएको हो ।
No comments:
Post a Comment